उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण


काठमाडौँ : उर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएपछि हाल उनको छाउनीस्थित विरेन्द्र सैनिक अस्पताल उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
मन्त्री रायमाझीको सोमबार कोरोना परीक्षण गरिएको थियो।

