Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

अधुरो भवन निर्माणका लागि बजेट अभाव हुदैन मन्त्री थापा

दैलेख :  कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापाले बाल हेल्पलाइन १०९८ को निर्माणाधिन भवन सम्पन्न गर्न आफु प्रतिबद्ध भएको बताएका छन । मन्त्रीको कार्यभार सम्हालेसँगै गृह जिल्ला दैलेख आएका उनले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ र महिला र बालबालिका केन्द्रको अनुगमन गर्दै बजेट अभावका कारण अलपत्र परेको भवनलाई निर्माण गर्न आवश्यक बजेट बिनियोजन गरेर निर्माण सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन ।
उनले कर्णाली प्रदेश सरकार मार्फत सबै जिल्लामा बाल हेल्पलाइनको भवन निर्माण गरी अलपत्र परेका बालबालिकालाई सुरक्षीत रुपमा बस्न सहयोग पु¥याउने बताए । उनले आफ्नो छ महिने कार्यकालमा जिल्लामा अन्य विकासका पुर्वाधारहरुका लागि थप पहल गर्ने बताए ।
दैलेख सदरमुकाममा निर्माणाधिन बाल हेल्पलाइन १०९८ को भवन बजेट अभावमा पुरा हुन सकेको छैन् । नारायण नगरपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संयुक्त लागतमा भवनको डिपिसी र पिलर उठाईएको छ । बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बजेट अभावमा निर्माणाधिन भवन अलपत्र परेको र कसैले वास्ता नगरेपछि मन्त्रीलाई अनुगमनमा लिएर बजेट माग गरेको बताइन । उनले अनुगमनकै क्रममा निर्माणाधिन भवनको स्टमेट तथा आवश्यक कागजात तथा महिला र बालबालिकाको बार्षिक प्रतिवेदन समेत मन्त्री थापालाई हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिइन ।