Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

सिडिओ प्याकुरेलद्धारा जिल्लावासीलाई अपिल

दैलेख  :  प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कोरोना भाइरस नियन्त्रणको प्रमुख अस्त्र भनेको स्वयं सुरक्षित हुनुपर्ने भन्दै दैलेख जिल्लाबासीहरुलाई विशेष अनुरोध सार्वजनिक गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लाबासी नागरिकहरुलाई घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न नियमित साबुनपानीले हात धुन वा स्यानिटाइज गर्न र जनस्वास्थ्यका मापदण्डहरुको पालना कडाईका साथ गर्न अनुरोध समेत गरेका छन् ।

उनले जारी गरेको अनुरोधमा हाल कोरोना भाइरस संक्रमणको उपचार, रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित सम्पूर्ण संयन्त्रहरु तदारुकताका साथ परिचालन भइरहेका र विगतको संक्रमण रोकथाममा प्राप्त सफलताका आधारमा जिल्लाको हालको अवस्था नियन्त्रणमा रहेको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले संक्रमणको कुनैपनि लक्षण देखिएका महानुभावहरुले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र संक्रमित भई आइसोलेशनमा रहनुभएकाहरु आफ्नो स्वास्थ्य अवस्थाका बारेमा तपाईको निगरानी गरी रहनु भएका स्वास्थ्यकर्मीहरुसँग परामर्श गर्न समेत अनुरोध गरेका छन् । उनले महामारीलाई परास्त गर्न जिल्लास्थित स्थानीय सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, कर्मचारी शिक्षक, संघ संस्थाहरु र सबै जिल्लाबासीलाई हार्दिक अपिल गरेका छन् ।