Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

लगानी अभावले अलपत्र प¥यो पराजुली साना जलविद्युत आयोजना

दैलेख  :  निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको दैलेखको अपर पराजुली साना जलविद्युत आयोजना लगानी अभावका कारण नौ वर्ष देखी अलपत्र परेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ व्युराखेतमा निर्माण भइरहेको २.१५ मेगावाट जलविद्युत आयोजनाको ८० प्रतिशत काम पुरा भएको भएपनि आर्थिक अभावका कारण आयेजना निर्माण हुन सकेको छैन । विस २०६७ सालदेखि प्रक्रियामा गए पनि आयोजनाको काम भने २०७२ देखि सुरु भएको थियो । आयोजनाको हेडवक्स, पाइपलाइन विच्छयाउने आधा काम सकिएर पावर हाउस निर्माण पनि आधा निर्माण भइसकेको भएपनि आर्थिक अभावका कारण योजनाले पुर्णता पाउँन नसकेको बताइएको छ ।

आयोजनाको नौँ सय मिटर क्यानल निर्माण गरिएको छ । एक हजार ४४० मिटर पाइपलाइन, दुई हजार सात सय मिटर कुलो गरी चार किलोमिटर दुरीबाट पानी ल्याई टर्रवाइनमा झारेर बिुद्युत उत्पादन गर्ने लक्ष्य राखेका अपर पराजुली साना जलविद्युत आयोजना लगानी नभएका कारण निर्माण हुन नसकेको आयोजनाले जानकारी दिएको छ । रारा हाइड्रोपावरका अध्यक्ष नरसिंह मल्लले विद्युत प्राधिकरणले उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्ने पूर्वाधार लामो समयसम्म निर्माण नगर्दा आयोजना पछाडि परेको गुनासो गरे । । उनले तेत्तीस केभिए प्रसारण लाइन नहुँदा आयोजना निर्माणमा ढिलाइ भएको र बजार मूल्य, वित्तीय संस्थाको ब्याजका कारण आयोजना निर्माण महङ्गो पर्न बताए ।
उनले न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाख रूपैयाँसम्म लगानी गर्न इच्छुक लगानीकर्ताले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न आग्रह समते गरे । उनका अनुसार कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रतिकित्ता ११५ र चैत्र मसान्तसम्म प्रतिकित्ता १५० रूपैयाँका दरले शेयर लगानीको आह्वान गरेको भएपनि प्रयाप्त मात्रामा लगानी नआएको बताए ।

उनले भने हामी अब उत्पादनको चरणमा छौं। मुआब्जा वितरण गरिसकेको छ। बैंकले करोडौँ लगानी गरेको आयोजना अलपत्र पर्ने अवस्था आयो उनले भने केही पुँजी अभाव हुँदा नयाँ शेयर सदस्यता भित्र्याउने कम्पनीको योजना समेत रहेको छ । २.१५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणमा एभरेस्ट बैंक, सिद्धार्थ बैंक र मेघा बैंकको ७० प्रतिशत र शेयर सदस्यहरूको ३० प्रतिशतमा करिब ५५ करोडको लागतमा निर्माण सुरु गरिएको थियो ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ का स्थानीयले भने व्युराखेतमा निर्माण भइरहेको २.१५ मेगावाट जलविद्युत आयोजना कामले तिब्रता नलिदा आफुहरु समस्या परेको बताएका छन ।

ब्युरोखेतमा व्यापार व्यवसाय गरेका व्यापारीले समेत आफुहरुले कामदारहरुलाई राशन खुवाएको नौ लाख रुपैया पाउँन नसकेको बताएका छन । उनीहरुले अपर पराजुली साना जलविद्युत आयोजना संगै निर्माण सुरु गरेका दैलेखको नौमुले गाउँपालिकामा द्धारी खोला हाइड्रो निर्माण भएर उत्पादन गरी सक्दा समेत यहाँको आयोजना निर्माण हुन नसक्नु दुखद भएको प्रतिक्रिया दिएका छन ।

डुगेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०६७÷०७७ मा अपर पराजुली साना जलविद्युत आयोजना निर्माणका लागि भन्दै २५ लाख रुपैया समेत विनियोजन गरेको थियो । डुगेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्र मल्लले गाउँपालिकाका नागरिकलाई सहुलियत मुल्यमा विद्युत दिने शर्तमा २५ लाख रुपैया लगानी गरेको बताए ।