Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

देशभर दुई हजार २२० सङ्क्रमित थपीए

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ८४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल दश हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ८०३ जनाको एन्टीजेन परीक्षण गरेकोमा १३१ जनामा पोजिटिभ पाइएको जनाएको छ । एन्टीजेनसहित नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार ३५१ जनामा कोरोना फेला परेको हो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८७ जना सङ्क्रमित निको भएका छन् ।

सङ्क्रमित निको हुने दर ९५.३ प्रतिशतमा झरेको छ । हाल ८६ जना क्वारेन्टिनमा छन् । सङ्क्रमि मध्ये १८० जना आसीयू र ४७ जना भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ ।