Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

खडेरीले खाद्यान्न उत्पादनमा कमी आउने अनुमान

दैलेख :  लामो समयको खडेरीका कारण दैलेखमा यो वर्ष खाद्यान्न उत्पादनमा कमी आउने भएको छ । हिउँदे बाली लगाएपछि लामो सयम देखी पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो । खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ ।

कृषि विकास कार्यालयका सुचना अधिकारी राम बहादुर थापाले आकाशे पानीको भरमा रहेका किसानलाई निकै समस्या परेको बताए । उनले जिल्लाको अधिकाँस भुभागमा आँकाशे पानीको भरमा खेती गर्ने भएपनि यो वर्ष वर्षा नहुँदा उत्पादनमा ह्रास आउने बताए । उनले भने कृषि विकास कार्यालय बाट जिल्लाका विभिन्न भुभागमा सिचाईका लागि सिचाई कुलो निर्माण गरेपनि खोलाका मुहाननै सुकेपछि समस्या छ । उनले गहुँ उत्पादनमा कति प्रतिशत हा्रस आउँने भन्ने कुरा अहिले नै भन्न नसकिएपनि केही प्रतिशत ह्रास आउँने निश्चित भएको बताए ।

उनका अनुसार जिल्लामा १३ हजा छ सय ४५ हेक्टर जमीनमा गहुँ खेती गरिँदै आएको छ । गव वर्ष १४ हजार नौ सय ९८ मेट्रिक टन उत्पादन भएको भएपनि यो वर्ष भने खडेरीका कारण उत्पादनमा १०देखि १५ प्रतिशत कमी आउने आँकलन गरिएको छ । उत्पादनमा ह्रास आउने संकेत देखिएसँगै जिल्ला बाहिरबाट खाद्यान्न आयात वृृद्धि हुनेछ ।

भगवतिमाई गाउँपालिका–४ धर्मराज जैसीले आकाशे पानीको भरमा खेती गर्ने ठाउँका नागरिकलाई समस्या भएको बताए । उनले सिचाईको सुविधा भएको स्थानमा केही मात्रामा राम्रो भएपनि अन्य गाउँपालिका भरी गहुँ वाली सुकेर गएको बताए । उनले आकाशे पानी भरमा रहेका किसानका खेतबारी बाँझै छन्, भोकमरीको चिन्ता बढेको छ । स्थानीय सरकारले मनलाग्दो सडक खन्दा ठूलठूला रुखहरू सुक्न थालपछि पानीका मुहान समेत सुकेको बताए ।

error: Content is protected !!