Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार याम शर्मालाई प्रदान


दैलेख :  डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार बाट याम शर्मा पुरस्कृत हुनुभएको छ । दैलेखको पहिलो पत्रिका धमाका राष्ट्रिय दैनिकले स्थापना गरेको सो पुरस्कार यो वर्ष याम शर्मालाई प्रदान गरिएको हो ।
धमाका राष्ट्रिय दैनिक पत्रिकाकाले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर पारेर शर्मालाई नगद ५ हजार र प्रमाण पत्रसहित पुरस्कृत गरेको पत्रिकाका प्रकाशक सम्पादन विष्णुप्रसाद शर्माले जानकारी दिए । उनले द्वन्द्वकालमा तत्कालीन माओवादीद्वारा ज्युदै गाडिएका थापाको सम्झनामा पत्रिकाले तीन वर्षदेखि डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार दिँदै आएका जानकारी दिए । उनले भने यसअघि डेकेन्द्र स्मृति पत्रकारिता पुस्कार बाट दैलेखकै पत्रकार यज्ञराज थापा र नमनकुमार शाहीलाई पुरस्कृत गरिएको छ ।
सदरमुकाम आउने खानेपानी सम्बन्धी वार्ताका लागि भवानीतर्फ ०६१ असार १२ गते हिँडेका डेकेन्द्रलाई निर्मम यातनापछि साउन २७ गते हत्या गरिएको थियो । हत्यापछि चार वर्षसम्म शव लुकाइयो अवस्थामा स्थानीय सहयोगमा पत्रकार महासंघका अध्यक्ष विष्णु शर्मा, याम शर्मा,मानव अधिकार आयोग र इन्सेकको सहयोगमा शव उत्खन््न गरिएको थियो । सात दिन सम्म वर्षातको समयमा जंगलमा शव कुरेर द्धारीको लेकमा बस्नुभएका शर्मालाई यो पुरस्कार बाट पुरस्कृत गरिएको छ । त्यो संगै पत्रिका स्थापना काल देखी सहयोग गर्ने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोबिन्ददेव भारतीलाई समेत सम्मान गरिएको छ ।
वार्षिक उत्सवका अवसरमा सहभागिहरुले पत्रिकाको नियमितता र गुणस्तरलाई प्रथामिकता राख्न अनुरोध गरेका छन । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नविन रिजालले पहाडी जिल्लामा दैनिक पत्रिका चलाउँन कठिन हुँदा पनि धमाका टिमले १५ वार्षिक उत्सवको  मनाएको भन्दै पत्रिकाको प्रगतीको कामना गरे  ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले दैलेखमा पत्रकारीता क्षेत्रलाई व्यवसायिक रुपमा काम गर्न धमाका दैनिकले प्रेरणा दिएको बताउँदै सबैको सहयोग बाट पत्रिकालाई राम्रो र खोजमुलक समाचार प्रकाशन गर्नु पर्ने सुझाव दिएका छन ।
वार्षिक उत्सवमा नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले व्यवसायिक पत्रकारितागर्न धमाका दैनिकले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले समाजमा रहेको विभिन्न बिसंगती र बिकृतिका बिरुद्धमा खरो रुपमा उत्रन र सकरात्मक कुरालाई पनि प्रथामिकता दिन अनुरोध गरे ।