Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

१४ जिल्ला कोरोनाबाट अति प्रभावित


काठमाडौँ  :  कोरोना संक्रमण बढ्दै गएको अवस्थमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ बुँदे अपिल जारी गर्दै सचेतना नागरिकमा अपिल गरेको छ । पछिल्लो समय युवा तथा बालबालिकामा संक्रमण बढेको र मृत्यु दर पनि बढ्दो गतिमा देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन संवेदनशील बन्न र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न अपिल गरेको हो ।

यस्तै अति प्रभावित भनी जिल्लाहरू वर्गीकरण गरिएका जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङमा भीडभाड हुने सबै सेवा तथा क्षेत्र बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयदेखि सिनेमा हल, सपिङ मल र पार्टी प्यालेससम्म भीडभाड नगर्न र त्यस्ता स्थलहरूमा सहभागी नभइदिन पनि मन्त्रालयले अपिल गरेको छ ।

error: Content is protected !!