Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

फुटबल हेर्न प्रधानमन्त्री रंगशालामा

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बंगलादेशबीचको फुटबल म्याच हेर्न रंगशाला पुगेका छन् । थ्रि नेसन्स कपको फाइनलमा प्रधानमन्त्री पुग्दा दर्शकले तालीको गड्गडाहटले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको उपस्थितिलाई नेपाली टिमले खल्लो हुन दिएन । मध्यान्तरपूर्व नेपालले बंगलादेशविरुद्ध दुई गोलको अग्रता लिएको छ । नेपालका लागि संयोग राई र विशाल राईले गोल गरेका छन् । नेपालले गोल गर्दा प्रधानमन्त्री ओलीले ताली बजाएर खेलाडीहरुको हौसला बढाएका थिए ।

error: Content is protected !!