Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

दैलेखमा १३ हजारले लगाए कोरोनाको खोप


दैलेख :  कोरोना बिरुद्धको खोप लगाउनको संख्या दैलेखमा १३ हजार पुगेको छ । जिल्लामा दुई चरणमा लगाइएको खोपमा १३ हजार सात सय ७३ जनाले खोप लगाएका छन् । जसमध्ये सात हजार ५३ पुरुष र ६ हजार सात सय २० जना महिला रहेको स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख खोप अधिकृत थीर प्रसाद रेग्मीले दैलेखका ११ वटै पालिकाका सबै स्वास्थ्य संस्थाहरूबाट खोप सेवा उपलब्ध गराइएकोले छुटेका सबै नागरिकहरूले सहजै खोप सेवा लिन स्वास्थ्य सेवा कार्यालय दैलेखले अनुरोध गरेको बताए ।

उनले कतिपय नागरिकले जानकारी नपाएर खोप नलगाएको भएपनि केहीले भने जानकारी पाएर पनि खोप नलगाउने गरेको बताए । उनले भने सैबैलाई खोप अभियानमा सामेल हुन हामीले बारम्बार आग्रह गरेका छौँ,’ खोप लगाएकामध्ये कसैलाई पनि समस्या नदेखिएको र वृद्धवृद्धाहरूमा खोपले उत्साह थपेको छ । कर्मचारी भन्दा पनि जेष्ठ नागरिकले खोप खोप लगाउँदा उत्साही भएको उनको भनाई छ ।