Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

बृहत खेलकुद प्रतियोगिता सुरु

दैलेख : दैलेखमा बृहत खेलकुद प्रतियोगिताको शुक्रबार एक कार्यक्रम बिच उद्धघाटन गरिएको छ। । कौशल मल्टिपल एकेडेकीको आयोजनामा गरिएको वृहत खेलकुद प्रतियोगिता शुक्रबार जिल्ला समन्वय प्रमुख प्रेम बहादुर थापाले उद्घाटन गरेका हुन ।प्रतियोगितामा भलिबल बिजेता टिमले ५० हजार नगद पुरस्कार, उपबिजेता टिमले ३० हजार पाउने छन् भने उत्कृष्ठ खेलाडीलाई नगद ५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै फुटसल तर्फ प्रथम हुनेले नगद रू ३० हजार र दोस्रो हुनेले नगद रू १५ हजार पुरस्कार पाउने छन् । उत्कृष्ठ फुटसल खेलाडीले ५ हजार नगद प्राप्त गर्नेछन् ।ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद रू १५ हजार पुरस्कार पाउने छन ।
दोस्रो हुनेले ८ हजार र उत्कृष्ठ खेलाडीले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । खेलप्रति उत्प्रेरीत गर्ने उद्देश्य साथ यो आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक गब्बर थापाले जानकारी दिए ।फुटसल खेल नारायण क्याम्पसको मैदानमा हुनेछ भने भलिबल टुडिखेलमा हुने छ । बृहत खेलकुद प्रतियोगिता चैत ६ देखि ९ गतेसम्म सञ्चालन हुनेछ।