Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

जिल्लाको विकासमा एकढिक्का हुन प्रमुख जिल्ला अधिकारीको आग्रह


दैलेख  :  दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले जिल्लाको विकास र जनताका जन जीवीकाका सवालमा एक ढिक्का हुन जिल्लाका राजनैतिक दललाई आग्रह गरेका छन । उनले सबै क्षेत्रको विकास र सामाजिक परिवर्तनमा राजनैतिक दलको महत्वपुर्ण भुमिका रहने भन्दै जिल्लाको विकास र जनताको जनजीवीकाको सवालमा केन्द्रित हुन आग्रह गरेका हुन ।

प्रमुख जिल्ला अधिकारीका रुपमा दैलेख आएपछि पहिलो पटक सर्बदलिय बैठकको आयोजना गरी सबै राजनैतिक दल नागरिक,समाज,पत्रकारले जिल्लाको विकासका लागि सकरात्मक भुमिका खेल्नु पर्ने बताए । उनले जिल्लाको नारायण नगरपालिकामा रहेको साहारे खानेपानीको महसुल,मध्यपहाडी लोकमार्ग निर्माण,स्थानीय सरकारले गरेका कामको प्रगति, सुशासन र पारदर्शीता,दक्ष चिकित्सक,बजार अनुगमन , दरबन्दी अनुसारको कर्मचारीको व्यवस्थापन, गुणस्तरीय शिक्षाका सवालमा आफ्नो ध्यान केन्द्रित भएको बताए ।जिल्लामा संचालित संघ प्रदेश र स्थानीय सरकार बाट संचालन भएका योजनाहरुको अनुगमन गरी गुणस्तरीय विकासका लागि खवरदारी गर्न आग्रह गरे ।

जिल्लाका राजनैतिक दलले प्रमुख जिल्ला अधिकारी जिल्ला बासी पाएको र जिल्लाको विकास र सुशासनका क्षेत्रमा महत्वपुर्ण भुमिका खेलिदिन आग्रह गरेका छन ।

सर्बदलिय बैठकमा जिल्ला समन्वय समितिका प्रमुख एवम नेकपा एमालेका कार्यावहाक अध्यक्ष प्रेम बहादुर थापा, नेपाली काग्रेसका सभापति कृष्ण कुमार बिसी,भुमि समस्या समधान आयोगका जिल्ला अध्यक्ष एवम नेकपा नेता सुर्यबहादुर शाही, लोमन शर्मा, नेपाली काग्रेसका क्षेत्रिय सभापति गणेश उपाध्याय,नेमकिपाका उपाध्यक्ष रत्नेश श्रेष्ठ जिल्लाका सुरक्षा निकाय प्रमुख र पत्रकारको सहभागीता रहेको थियो ।