Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

नेपाल बैंकको शाखा स्थापना


दैलेख  :  नेपाल बैंक लिमिटेडले दैलेखमा शाखा स्थापना गरेको छ। शाखाको उद्दघाटन नारायण नगरपालिकाका दैलेखका मेयर रत्न बहादुर खड्का र नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनीले गरेका हुन ।
बैकको शाखा उद्दघाटनमा बोल्दै उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकले समयको माग अनुसार शाखा बिस्तार भएपनि अझै पनि ब्यवसायीले आवश्यक ऋण पाउन नसकेको भन्दै त्यस तर्फ ध्यान दिन आवश्यक रहेको बताए । उनले सस्तो ब्याजदरमा कृषिका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन ।

नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले जिल्लामा उत्पादनशील क्षेत्रमा लगानी बढाइ, रोजगारी र आय अभिवृद्धिमा योगदान बढाउन बैंकलाई आग्रह गरे ।नेपाल बैंक लिमिटेडको सेवालाई समयानुकूल बनाउन, साना उद्यमी तथा किसानको समेत बैंकको सेवामा पहुँच स्थापित गर्न सुझाव दिए ।

नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनीले बैंकले उपलब्ध गराउने व्यावसायिक तथा सहुलियतपूर्ण कर्जा सदुपयोग गरी लाभान्वित हुन स्थानीय उद्यमी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे ।

error: Content is protected !!