Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्छौंः प्रधानमन्त्री

काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सम्बन्धमा गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने बताएका छन ।

दिउँसो ४ बजेका लागि डाकिएको संसद अधिवेशनमा सहभागी हुन संसद भवन पुगेका प्रधानमन्त्री ओली बैठक शुरु हुनुअगावै संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुलाई सो कुरा बताएका हुन ।

उनले फैसलाको पूर्णपाठ आफूले हेर्न नपाएकाले त्यो हेरेपछि मात्र थप बोल्ने बताएका थिए । सर्वोच्च अदालतले सो फैसलामा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवाद लेनिनवाद) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) केन्द्र साविकै पार्टीमा कायम रहने फैसला गरेको थियो ।