Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

रानिमत्तामा संचालन भयो कोभिड अस्पताल


दैलेख  :  गुराँस गाउँपालिकाले गुराँस गाउँपालिका –५ रानिमत्तामा निर्माण गरेको कोभिड अस्पताल संचालनमा आएको छ । शुक्रवार गाउँपालिकाका अध्यक्ष खेमराज वलीले पाँच बेड रहेको कोभिड अस्पताल संचालनको शुभारम्भ गर्नुभएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा अस्पताल निर्माणका लागि ४५ लाख खर्च गरी उक्त कोभिड अस्पताल निर्माण गरेको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जगत बहादुर थापाले कोरोना संक्रमणको दर तिब्र रुपमा बढ्दै गएपछि गत वर्षको चैत्र महिना देखी अस्पताल निर्माण थालीएको बताए । उनले अस्पताल निर्माण भएपनि त्यसको घेरवार बाँकी रहेको र गाउँपालिकाले थप बजेट बिनियोजन गर्न लागेको बताए ।

गुराँस गाउँपालिकाका अध्यक्ष खेम राज वलीले कोभिड अस्पताल संचालनमा आए संगै सामान्य उपचारका लागि पनि प्रदेश राजधानी धाउनु पर्ने गुराँस गाउँपालिका बासीको समस्या समधान भएको बताउनुए । उनले अस्पतालमा एक जना मेडिकल अधिकृत र दुई जना स्टार्फ नर्स राखेर सेवा सुरु गरेको बताए । उनले भने अस्पताल यस अघि नै निर्माण भएपनि मेडिकल अधिकृत नभएका कारण अस्पताल संचालनमा समस्या भएको बताउँदै अस्पतालमा डा नभिता केडल भारतीलाई करारमा राखेर अस्पताल संचालन गरेको बताए ।

उाका अनुसार कोभिड अस्पताल संचालन संगै १५ शैय्याको अस्पताल निर्माणका लागि एक करोड ४४ लाखको समेत टेन्डर भएको बताए । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल अवधारण अनुसार अवको एक वर्ष भित्र सुविधाा सम्पन्न अस्पताल र दक्ष चिकित्सक राखेर नागरिकको सेवा दिने बताए ।

कोभिड अस्पतालमा हाजीर हुनुभएका मेडिकल अधिकृत नभिता कडेल भारतीले कोभिड अस्पतालले कोरोना सहित दैनिक स्वास्थ्य सेवा दिने जानकारी दिइन । उनले अस्पतालमा एक जना चिकित्सक र दुई जना स्टार्फ नर्स रहेको र बिरामीको चाप बढेपछि त्यसै अनुसारको स्वास्थ्यकर्मी माग गर्ने बताइन ।

गुराँस गाउँपालिका –५ का श्याम प्रसाद कडेलले सामान्य विरामी हुँदा प्रदेश राजधानीमा जानु पर्ने बाध्यता अन्त्य भएको बताए । उनले गाउँपालिकाको केन्द्र स्थापना संगै कोभिड अस्पताल समेत गुराँसे रानिमत्तामा निर्माण भए पछि त्यहा व्यापार व्यवसाय गरेर बसेका सुर्खेत दैलेखमा हिड्ने यात्रुहरुलाई समेत स्वास्थ्य सेवा लिन पाउने भएको बताए ।