Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

भारत वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा


एजेन्सी  :  भारतले इङ्ल्यान्डविरुद्धको चार खेलको टेस्ट क्रिकेट शृंखला ३÷१ ले जितेको छ। पहिलो खेल हारेको भारत लगातार तीन खेल जित्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत पुग्न सफल भएको छ। भारतले फाइनलमा न्युजिल्यान्डसको सामना गर्ने छ।

इङ्ल्यान्डविरुद्धको शृंखलाअन्तर्गत चौथो खेलमा भारत शनिबार पाली र २५ रनले विजयी भयो। पहिलो पालीमा २ सय ५ रनमा समेटिएको इङ्ल्यान्ड दोस्रो पालीमा एक सय ३५ रनमा अलआउट भयो। भारतले पहिलो पालीमा एक सय ६० रनको अग्रता लिएको थियो।

खेलको तेस्रो दिन इङ्ल्यान्डलाई दोस्रो पालीमा सस्तोमा समेट्न अक्सर पटेल र रविचन्द्रन आश्विनले पाँच पाँच विकेट लिए। यसअघि पहिलो पालीमा पटेलले चार र आश्विनले तीन विकेट हात पारेका थिए। भारत तेस्रो खेलमा दुई दिनभित्रै विजयी भएको थियो। सतक बनाएका रिसभ पन्त प्लेयर अफ दी म्याच र आश्विन प्लेयर अफ दी सिरिज घोषित भए।