१२० सङ्क्रमित थपिए, ८३ कोरोनामुक्त
काठमाडौं : नेपालमा कोरोनाभाइरसका १२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा छ हजार १४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १४३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको जनाएको छ । थपिएका सङ्क्रमितमध्ये ५१ महिला र ६९ पुरुष छन् । पछिल्लो चौबीस घण्टामा ८३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ७६६ जना सङ्क्रमित निको भएका हुन् ।
सङ्क्रमित निको हुने दर ९८।६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ८५ हजार १९० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल ८३२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ५८ जना क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ ।