Loading... आजः सोमवार, असार ७, २०७८
Trending

सहकारीलाई लेखा व्यवस्थापन तालीम


दैलेख  :  गुराँस गाउँपालिकामा रहेका सहकारीलाई लेखा व्यवस्थापन तालीम दिइएको छ । । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रम मार्फत सहकारीलाई लेखा व्यवस्थापन सम्बन्धि तालीम दिएको हो ।
गुराँस गाउँपालिका –२,४,५,७ मा रहेका क्रमश नमुना कृषि महिला सहकारी सस्था , लालिगुरास बहुमुखि सरकारी संस्था, ज्वाला स्वाबल्वन बचत तथा ऋण सहकारी संस्था र पचकोशि मालिका महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र संचालक समितिलाई लेखा व्यवस्थापन वारे तालीम दिइएको बताइएको छ ।

राष्ट्र सेवक सहकारी संस्थाका व्यवस्थापक भुपेन्द्र कुमार खडकाले सहजीकरण गरेका थिए । तालीममा सहकारीको नेतृत्व केहो ,कसरी गर्ने पदाधिकारकीको जिम्मेवारीहरु के के हो, सहकारीको परिचय,आवश्यकता, महत्व, डेविड,क्रेडिट,भौचर,ऋण परिचालन प्रक्रिया र चारखाता सम्वन्धि अभ्यास साथै सहकारीमा लेखा व्यवस्थापनको आधारभुत रुपमा जानकारी गराएका थिए ।

सहकारीका व्यवस्थापक र सहकारी संचालक समितिले सहकारीको लेखा व्यवस्थापन गर्न तालीमको आवश्यकता भएको बेला तालीम दिएको भन्दै आयोजक सस्थालाई धन्यबाद दिएका थिए । उनीहरुले बिगत भन्दा सहकारीलाई अझै व्यवस्थित बनाएर लैजान सहयोग पुग्ने बताए ।

तालीममा महिला शसक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले सहकारीलाई चुस्त दुरुस्त राख्न तालीमको दिएको बताइन । उनले सहकारी बस्ने र सहकारीका बारेमा जानकारी नपाएर बसेकालाई यो तालीम प्रभावकारी हुने आफुले बिश्वास लिएको बताईन ।

error: Content is protected !!