Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेता कार्यकर्तालाई विचलित नहुन आह्वान

दैलेख :  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि दैलेखले आफ्ना कार्यकर्ताहरुलाई विचलित नहुन आह्वान गरेको छ । बुधवार एक विज्ञप्ती जारी गर्दै नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको सबै राजनीतिक कदमहरुमा एकताबद्ध रुपमा साथ सर्मथन दिँदै अविलचित भई अगाडी बढ्न आह्वान गरेको हो ।
जिल्ला अध्यक्ष रविन्द्रराज शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लास्थित नेकपाका पार्टी कमिटि, पार्टीका सम्पूर्ण सदस्यहरु, भातृ संगठनका सम्पूर्ण सदस्यहरु, शुभेच्छुक संघ संस्था तथा आम जिल्लाबासीहरुलाई पछिल्लो समय उत्पन्न राजनीतिक घटनाक्रमलाई सुक्ष्म ढंगले अध्ययन गरी देश, जनता र नेपाली कम्युनिष्ट आन्दोलन पक्षमा उभिन आह्वान गरिएको छ ।
विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टी एउटा गम्भिर र जटिल राजनीतिक मोडबाट अघि बढिरहेको उल्लेख छ । देशको विद्यमान राजनीतिक परिस्थितीका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता, राष्ट्रिय हितको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास सँगसँगै सुशासन र विकास मार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सुदृढ सरकारको कल्पना सहित आगामी बैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको थियो,’ विज्ञप्तीमा भनिएको छ ‘उक्त सन्दर्भमा सर्बोच्च अदालतले प्रतिनीधि सभा पुर्नस्थापना गर्ने फैसला गरेको छ ।’

संसद पुर्नस्थापना भएसँगै मुलुकमा राजनीतिक अस्थिरताले समग्र राजनीतिक प्रर्णाली नै प्रभावित हुने विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने निणर्य सहि थियो भन्ने कुरा आम नेपाली जनताले निकट भविष्यमै महशुस गर्ने नेकपा दैलेखद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।साथै १४ गते सुर्खेतमा हुने भनिएको बृहद आमसभा स्थगित गरेको जानकारी दिइएको छ ।