Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

देशभर ९४ सङ्क्रमित थपिए

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ९४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ६९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ का कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ । हाल एक हजार ५५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७० हजार १३९ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोनाभाइरसबाट निको हुने दर ९८.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्युको दर्ता गरिएको छ । हालसम्म दुई हजार ६६ जनाको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

error: Content is protected !!