Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

प्रचण्ड–नेपाल समुहको अध्यक्षमा बरुनाथ योगी

दैलेख :  नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। उक्त समुहको माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो। जस अनुसार दैलेखको अध्यक्षमा बरुनाथ योगी चयन भएका छन् भने सचिवमा प्रेम कटुवाल छन् ।
अध्यक्ष र सचिव टुंगो लगाउँदा पुष्‍पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । यसअघि प्रचण्ड(नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको नेतृत्व केपी ओलीले गरेका छन् भने अर्को पक्षको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।

 

error: Content is protected !!