Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

महिला हिंसा र बलात्कारको विरुद्धमा अनेम संघको विरोध प्रदर्शन


दैलेख  :  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । आइतबार अखिल नेपाल महिला संघले प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारको विरुद्ध विरोध प्रदर्शन गरेको हो । गणेशचोकमा जम्मा भएर महिलाहरुले नाराबाजी सहित बजार परिक्रमा गरेका थिए ।

नेकपा नेतृहरु सावित्रि मल्ल,सुस्मिता शाही,तारा शाही,मन कुमारी सुनार लगायतको उपस्थितिमा भएको विरोध प्रदर्शनमा महिला संघका नेता तथा कार्यकर्ताहरुको सहभागता रहेको थियो । प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको व्यवस्था गर, महिला अधिकार सुनिश्चित गर लगायतका नाराबाजी गरिएको थियो ।

यस्तै ‘प्रतिगमन मुर्दावाद’, ‘संविधानको रक्षा गरौँ’, ‘निर्मला पन्तको हत्यारालाई कारबाही गर’, ‘भ्रष्ट्राचारीलाई कारबाही गर’, ‘बढ्दो महंगी नियन्त्रण गर’ लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले सूर्य चिन्ह तथा हसियाँ हथौडा अंकित झण्डा समेत बोकेका थिए ।