Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्रजातन्त्र दिवसमा पाँच कैदिबन्दी रिहा

दैलेख  :  ७१ औ प्रजातन्त्र दिवसमा जिल्ला कारागार दैलेखका पाँच जना कैदीबन्दि रिहसा भएका छन । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिदा दैलेख कारागारका पाँच जना कैदीबन्दी सजाय मिनाहामा परेको जिल्ला कारागार प्रशासनले जानकारी दिएको छ । जिल्ला कारागार दैलेखका जेलर जीत बहादुर खत्रीले एक जना महिला सहित पाँच जना कैदीको भुक्तान हुन बाँकी कैद छुटेको जानकारी दिए ।
उनका अनुसार कर्तव्य ज्यान मुद्धामा १६ बर्ष कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरेका एक जना, बहुविवाह मुद्धामा डेढ बर्ष कैद सजाय तोकिएर ६५ प्रतिशत कैद भुक्तान गरेका एक जना, बहुविवाह मुद्धामा एक बर्ष कैद सजाय तोकिएको र ९१ प्रतिशत कैद भुक्तान गरेका एक जनालाई कैद छुट दिइएको हो ।
यस्तै कतव्य ज्यान मुद्धामा २ बर्ष कैद सजाय तोकिएको र दुई महिना कैद भुक्तान गर्न बाँकी एक जना, कतव्र्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकिएका एक जनाको बाँकी कैद छुट दिइएको कार्यालयका जेलर खत्रीले बताउनुभयो । प्रक्रिया पूरा गरी उनीहरुलाई आफन्तको जिम्मा लगाइएको जानकारी दिए ।