Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

ढिकि जाँतो संरक्षण गर्दै नगरपालिका


दैलेख  : आधुनिक प्रविधि तर्फको बढ्दो आर्कषण र सुविधाभोगि प्रकृतिका कारण जिल्लामा रहेका पुराँना रैथाने प्रविधि लोप हुँदै गएको बेला नारायण नगरपालिका –६ ले पुराँनै शैलिको ढिकिजाँतो निर्माण गरेको छ । गाउँ गाउँमा विद्युत र डिजेल बाट चल्ले मिल पुगेपछि पुराना प्रविधिका साधानहरु लोप हुने अवस्थामा पुगेको भन्दै पुराना हाते सीपका ढिटि जाँता लगायतका साधनलाई जोगाउन लागिएको हो ।

ढिकि जाँतो हराउँदै गएपछि नारायण नगरपालिका –०६ ले चालु आर्थिक वर्षमा योजना नै बनाएर ढिकि जाँतो निर्माण गरिएको छ । बढ्दो सहरीकरणका कारण ढिकि जाँतो लोप हुदै गए संगै सामान्य मकै,धान,चामल कुट्न समस्या भएपछि वडा बाट बजेट बिनियोजन गरेर ढिकिजाँतो निर्माण गरिएको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ ।

आधुनिक ढिकिजाँतो निर्माण उपभोक्ता समितिका अध्यक्ष बिष्णु कुमारी बिष्टले समुदायमा उल्जा महिलाको काम परेको बेला गाउँमा चर्हानु पर्ने बाध्यता भए पछि टोल बाट ढिकि जाँतोको माग गरे अनुसार उक्त ढिकि जाँतो निर्माण गरिएको बताइन । उनले वडा नः ६ ले एक लाख रुपिँया बिनियोजन गरेर ढिकि जाँतो निर्माण भएको छ त्यसको घेरवार र छानाको लागि नगरपालिकाले सहयोग गरिदिन आग्रह गरिन ।

निर्माण भएको ढिकि जाँतोको उद्दघाटन वडा अध्यक्ष प्रकाश न्यौपानेले गरेका छन । उद्दघाटन गर्दै वडा अध्यक्ष न्यौपाने दिर्घकालिन रुपमा संचालन गर्नका लागि स्थानीय बासी नै जागरुक हुने बताए । उनले निर्माण भएको ढिकि जाँतो सबैको साझा सम्पती भएकाले सबैले संरक्षण गर्नु पर्नेमा जोड दिए । यो हाम्रो पुराँनो प्रबिधि हो यो आर्थिक वर्षमा निर्माण गरे पनि आगामी आर्थिक वर्षमा थप बजेट बिनियोजन गरेर छाना र घेरवार गर्नेछौ ।
नारायण नगरपालिकाका उप प्रमुख सावित्रि मल्लले प्रत्येक वडामा रहेको पुराँना ढिकि जाँतोको संरक्षण गर्न नारायण नगरपालिका लाग्ने बताइन । उनले यो चालु आर्थिक वर्षमा वडा नम्बर ६ बाट सुरु भएको बताँउदै आगामी वर्षमा ११ वडामा यो कार्यक्रम संचालन गर्ने बताइन ।