Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखमा १६ सयले लगाए कोरोना खोप

दैलेख  :  जिल्लामा कोरोना बिरुद्धको खोप लगाउँने कार्य धमाधम चलिरहेको छ । पहिलो चरणमा संचालन गरेको खोप १४ सय ८३ जनाले लगाएका छन भने दोस्रो चरणको खोप १०२ जना गरी १६सय दुई जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीर प्रसाद रेग्मीले पहिलो चरण र दोस्रो चरण गरी मंगलवार १६ सय दुई जनाले कोरोना बिरुद्धको कोभिड शिल्ड खोप लगाएकोब बताए । उनले पहिलो चरणमा दैलेखमा चार हजार ८ सय (भाइल) डोज जिल्लामा उपलब्ध भएको भए पनि अहिले सम्म १६ सय जनाले लगाउनु भनेको कम मात्रामा खोप लगाइएको बताए । सरकारले कोरोना पहिलो चरण कोरोना बिरुद्धको अग्रपंतिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई प्रथामिकता दिएर कोरोना बिरुद्धको खोप सुरु गरेपनि केही स्वास्थ्यकर्मीले खोप नलगाएको पाइएको छ । दोस्रो चरणमा आउँदा स्वास्थ्यकर्मी, जनप्रतिनिधी, सुरक्षाकर्मी,पत्रकारलाई समते जिल्लामा खोप लगाइएको छ ।

खोप अधिकृत थीर प्रसाद रेग्मीले अहिले सम्म कोरोना खोप लगाएका कुनै व्यक्तिमा पनि समस्या नदेखिएको बताए । उनले अधिकाँसलाई सामान्य ज्वरो आउँने बाहेक अन्य लक्षण नदेखिएकाले सत प्रतिशत खोपले राम्रो काम गरेको बताए । उनले भने अहिले पनि खोपले केही असर गर्छकी भन्ने मानसिकताका कारण जिल्लामा खोप लगाउनेको संख्या कमी भएको छ । उनले कोरोना बिरुद्धको खोप र त्यसले गर्ने असर र लगाउन नहुने व्यक्तिहरुका लागि विभिन्न संचार माध्ययम बाट सुचना प्रसारण समेत गरेको बताए । जिल्लाका ११ स्थानीय तहमा पुगेर पहिलो चरणको खोप लगाए पनि दोस्रो चरणमा दुल्लु अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा मात्र कोरोनाको खोप लगाइएको बताइएको छ ।
जिल्लामा रहेका बाणिज्य तथा बित्तिय सस्थामा रहेको कर्मचारीलाई समेत कोरोना खोप लगाउन पत्राचार गरेपनि अहिले सम्म कसैले पनि खोप नलगाएको कार्यालयले जानकारी दिएको छ । जिल्लामा रहेको सुरक्षाकर्मीलाई कोरोनाको खोप लगाउने भने पनि जिल्लामा हुने दैनिक राजनैतिक दलका कार्यक्रमले खोप लगाउन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले स्वास्थ्य कार्यालय बाट खोप लगाउन परिपत्र आएपनि दैनिक हुने कार्यक्रमका कारण समस्या भएको बताए । उनले बुधवार बाट टोलि बनाएर पठाउने र खोप लगाउने कार्य सुरु गर्ने बताए । उनले एकै दिन सबैले खोप लगाउँदा समस्या हुन सक्छ त्यसैले पालो पालो गरेर खोप लगाँउछौ ।