Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

आमहडतालको प्रभाव दैलेखमा पनि

दैलेख  :  दैलेखमा नेकपाको दाहाल–नेपाल समूहले गरेको बन्दको प्रभाव देखिएको छ। दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बिहीबार बिहानबाट दैलेखमा बन्दको आह्‍वान गर्दै हिँडेका थिए।

सामान्य रूपमा मोटरसाइकल चल्न दिए पनि अरू सवारीसाधन सञ्चालन भएका छैनन्। बन्दकर्ताहरू दैलेखको मुख्य देवकोटा चौकमा बसेर सवारीसाधन आवतजावतलाई रोक्दै आएका छन्।

प्रहरीले पनि दैलेखमा बन्दको असर देखिएको बताएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जिल्लाको शान्ति सुरक्षाका मजवुद पारिएको बताए । उनले अहिलेसम्म जिल्लामा त्यस्तो अप्रिय घटना नघटेको बताए ।

उनले सवारीसाधन सामान्य मात्रामा चलेको जानकारी दिए। धेरै यातायातका काउण्टर बन्द रहेकाले सवारीसाधनको आवतजावतमा हिजोका दिनहरूमा भन्दा आज कमी रहेको र आवतजावत गर्न चाहानेलाई प्रहरीले सुरक्षा दिँदै सम्बन्धित ठाउँसम्म पठाउने गरेको बताए।

error: Content is protected !!