Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

पार्टी अध्यक्ष र पौडेललाई हटाउने नेकपा प्रचण्ड–नेपाल समुहको निर्णय


काठमाडौ  :  सत्तारुढ नेकपाका पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले अन्तत केपी शर्मा ओलीलाई पार्टीको अध्यक्ष र विष्णु पौडेललाई महासचिव पदबाट हटाएको छ।

सोमबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भएको यो समूहको केन्द्रीय समिती बैठकले ओलीले पार्टी अनुशासन उल्लंघन गरेका कारण अध्यक्ष पदमा रहने नैतिक हैसियत नभएको निष्कर्श निकाल्दै स्थायी समिती बैठकले गरेको निर्णय अनुमोदन गरेको हो।

पार्टीको विधान उल्लंघन गरेको आरोपसहित पौडेललाई महासचिवबाट हटाइएको जनाएको छ। पौडेललाई पनि महासचिवबाट हटाउन स्थायी समिती बैठकले सिफारिस गरेको थियो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको आधिकारिताको माग गर्दै‌ निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय समेत केन्द्रीय समिती बैठकले गरेको छ। यस्तै म्यानमारमा भएको घटनाको पनि बैठकले निन्दा गरेको छ।