Loading... आजः बुधबार, जेष्ठ ५, २०७८
Trending

तीन हजार ६१८ परीक्षण गर्दा १०९ सङ्क्रमित थपिए,


काठमाडौं  :  नेपालमा कोरोना भाइरसका एकसय नौ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ८५४ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय नौ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ६७ हजार ६९९ पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट ३५० जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ३५० जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८।२३ पुगेको छ । पछिल्लो चौबीस घण्टामा दुईजनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । यो सँगै दुई हजार २७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

error: Content is protected !!