Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : प्रधानमन्त्री

काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन ।
उनले नेपालमा कोभिड १९ विरुद्धको थप खोप भित्र्याउन अन्य संघ संस्थासँग पनि छलफल गरी रहेको बताए । आज शुरु भएको कोभिडविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।

उनले खोप अभियान शुरु भए पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने जस्ता काम कोरोना पूर्ण नियन्त्रण नभएसम्म जारी राख्न आग्रह गरे ।
सो अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालले विश्वमा खोप अभियान शुरु भएको पहिलो चरणमै खोप ल्याउन सफल भएकोमा खुशी व्यक्त गरेका थिए ।साभार गोरखापत्र

error: Content is protected !!