Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

उत्तर–दक्षिण सडक सञ्जालले जोडीयो दैलेख र कालिकोट


दैलेख  : दैलेखको भैरवी गाउँपालिका र कालिकोटको शुभकालिका गाउँपालिका सडक संजालले जोडिएका छन् । कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि दैलेखको माथिल्लो डुङ्गेश्वर, बैक, मालिका, दुल्लु डाँडामाडी, सिलंगीबजार, कुसापानी, ब्याउलीको लेक, कालिकोट, जुम्ला, मुगुहुँदै तिब्बत जोड्ने सडक अन्तरगर्त भैरवी र शुभकालिका गाउँपालिका सिमा क्षेत्रमा ट्रयाक खोलिए संगै दैलेख र कालिकोट जिल्लालाई उत्तर–दक्षिण सडक सञ्जालले जोडेको हो ।
कर्णाली राजमार्गको उत्तर–दक्षिण वैकल्पिक राजमार्गको रुपमा हेरिएको उक्त सडकखण्ड अन्तरगर्त दैलेख र कालिकोट जिल्लाको सिमानामा रहेको कालिकोटको शुभकालिका गाउँपालिका सम्म सडक पुगेको हो । दैलेखको भैरवी गाउँपालिका–७ बतासेदेखि कालिकोटको शुभकालिका गाउँपालिका–६ भोटेगढीसम्म ट्रयाक खोलिएको छ ।
भैरवी गाउँपालिकाका इन्जीनिएर हिरासिह थापाले सडकको ट्रयाक खोल्न झण्डै पाँच करोड रुपैयाँ खर्च भएको बताए । उनले उक्त सडक स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकारले बहुवर्षीय योजना अन्तरगत २९ करोड रुपैयाँ विनियोजन गरिसकेको बताए । उनले भने सडकखण्ड स्तरोन्नती भएर मुगुसम्म जोडिएपछि यो सडकखण्ड नै कर्णाली प्रदेशका लागि आर्थिक केन्द्र बन्छ, ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले सडक कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–६ दहचौर हुँदै पानतडीबाट कर्णाली राजमार्गको सेरावाडामा जोडिने बताए । उनले यो सडक कर्णाली राजमार्गमा जोडिपछि अहिलेको कर्णाली राजमार्गको दुरीभन्दा ६८ किलोमिटर सडक छोटो हुने बताए । ृनले भने ‘यो सडकखण्ड बाट मुगु, जुम्ला र कालिकोटको पूर्वी क्षेत्रका नागरिकहरुका लाग आवतजावतमा सहज हुनेछ ।
दैलेखको पञ्चकोशी तिर्थस्थल अवलोकन गर्दै रारा जाने पर्यटकहरुका लागि उक्त सडकखण्ड नै पर्यटकीय मार्ग बन्ने र सडकले पर्यटन व्यवसायलाई बढवा दिने अध्यक्ष बुढाको भनाई छ । कुनै समय पैदल हिड्नसमेत हम्मे–हम्मे पर्ने उक्त क्षेत्रमा सडक पुगेपछि स्थानीय खुसी भएका छन्। भैरवी गाउँपालिका वडा नः ५ का तुलाराम अधिकारीले दैलेखको सडक संञ्जालले कालिकोट र दैलेख जोडिए संगै आवत जावत गर्ने नागरिकलाई भीरपाखा र जंगलैजंगल जोखिम मोलेर हिड्न नपर्ने बताए । उनले सडकको ट्रयाक खोलिएको छ यसलाई व्यवस्थीत रुपमा संचालन गरेको खण्डमा यहाँको धार्मिक पर्यटनमा समेत टेवा पुग्ने बताए ।