Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

बालबालिकालाई रोटा भाइरस बिरुद्धको खोप लगाइदै

दैलेख  : जिल्लाभर रहेका एक बर्ष मुनिका छ हजार दुई सय बालबालिकालाई पहिलो पटक रोटा भाइरस बिरुद्धको खोप दिने तयारी गरिएको छ । झाडापखालाबाट जोगाउन जन्मेको ६ देखि १० हप्ता उमेर समूहका बालबालिकालाई दुई पटक खुवाउने योजना बनाइएको खोप अधिकृत थीरप्रसाद रेग्मीले बताए ।

जिल्लाका ११ वटै स्थानीय तहका छ हजार बालबालिकालाई नियमित खोप केन्द्रमा दिइने रोटा भाइरस बिरुद्धको खोप लगाउने विधि र यसको फाईदा विषयमा स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको बताउदै उनले यो खोप प्रत्येक पटक डेढ मिलिलिटरीका दरले खुवाउने र बीसीजी, डीपीडी, पोलियो, पीसीभी, दादुरा लगाए जसरी तेह्रौ खोपको रुपमा खुवाइने रोटा भाइरस बिरुद्धको औषधि जिल्लाका २ सय ५२ वटा नियमित खोप केन्द्रमा पठाई सकिएको जानकारी दिए ।

उनले भने रोटा भाइरस बिरुद्धको खोप र कोरोना संक्रमणको त्रासले प्रभावित भएको नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जिल्लाका ११ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई दुई चरणमा तालिम दिइ सकेको र अव खोप दिने तयारीमा रहेका छौ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निरञ्जन पन्तले खोपको ढुवानी तथा भण्डारण र खोप कार्यक्रम सञ्चालनको योजना गराउन पहिलो चरणमा पुस २६ गतेदेखि २८ गतेसम्म नारायण नगरपालिका, भगवतीमाई, नौमूले, महाबु र गुराँस गाउँपालिका माघ १ देखि ३ गतेसम्मे दोश्रो चरणमा चामुण्डाबिन्द्रासैनी, डुंगेश्वर, आठबीस, दुल्लू नगरपालिका, भैरबी गाउँपालिकाका स्वास्थ्य प्रमुख संग समन्वय गरेको बताए ।

उनले अघिल्लो वर्ष चैतको ११ गतेदेखि चार महिना लामो लकडाउन, त्यसपछिको निशेषधाज्ञाले दैलेखमा नियमित खोपको प्रगतिमा करिव ३० प्रतिशत कमी आएको बताउदै बालिबालिका लगाउनुपर्ने सबै खोप लगाउन पूर्ण खोप कार्यक्रम पनि भएको यस पटक तीन दिनको कार्यक्रम सञ्चालन गरिएको बताए ।

बालबालिकालाई भ्यागुते रोग, धनुष्टङ्कार, क्षयरोग, पोलियो, दादुरा सरुवा रोगका विषाणु तथा जीवाणुको संक्रमणबाट जोगाउन र प्रतिरोधात्मक क्षमता बढाउन जन्मेदेखि १५ महिनाभित्र ७ पटक स्वास्थ्य संस्था पुगेर निशुल्क खोप लगाउन सकिने गरी नेपाल सरकारले नियमित खोप सञ्चालन गर्दै आएको छ । सुरुमा स्वास्थ्यमा बालबालिका जन्मने वित्तिकै बीसीजी, दोश्रो छ हप्ताको हुँदा पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेपाटाइटिस (पहिलो मात्रा), तेश्रो १० हप्ता भित्र पोलियो, पीसीभी, डीपीटी, हेपाटाइटिस ((दोश्रो मात्रा), चौथो १४ हप्तामा पोलियो, एफआईपीभी, पीसीभी, हेपाटाइटिस (तेश्रो मात्रा), पाँचौं चाहिं नौ महिनाको हुँदा पीसीभी (तेश्रो) र दादुरा–रुवेला (पहिलो मात्रा), छैटौं जापानिज इन्स्फलाइटिस र अन्तमा सातौं पटक स्वास्थ्य संस्थामा पुगेर दादुरा–रुवेलाको दोश्रो तथा अन्तिम खोप लगाइन्छ ।