Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

एघार स्थानीय तहमा काग्रेसले ग¥यो बिरोध सभा

दैलेख – : प्रतिनिधिसभा भंग गरेको विरोधमा नेपाली कांग्रेसले आज (शनिबार( दैलेखका ११ स्थानीय तहमा विरोध प्रदर्शन गरेका छ । पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार नेपाली कांग्रेस दैलेखले स्थानीय तहका केन्द्रमा बिरोध प्रर्दशन गरेको हो ।

यसअघि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका थिए। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

प्रतिनिधिसभा भंग गर्न कदमलाई असंवैधानिक भनेको कांग्रेसले त्यसविरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको छ। यो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन छ। सभामा बोल्ने बक्ताहरुले जनताको अभिमतको अवमुल्यन गरेको र संबिधान कार्यन्वयन गर्नुको साटो संबिधानको घाँटी निमोठ्ने काम गरेको बताएका छन ।

error: Content is protected !!