Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

कृषक समुहलाइ नर्सरी व्यबस्थापन तालिम

दैलेख  : संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रम मार्फत गुराँस गाउँपालिकामा गठन गरिएका कृषक समुहलाई दुई दिने नर्सरी व्यवस्थापन तालीम दिइएको छ ।
समुहलाई नर्सरी राख्नका लागि आवश्यक पर्ने सामाग्री र अपनाउनुपर्ने विधिहरु,उपयुक्त ठाउको छनौट, नर्सरीको किसिम, विउ खसाल्ने र छापो राख्ने तरीका वारेमा कृषक समुहहरुलाई तालीम प्रदान गरिएको महिला शसक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले जानकारी दिइन ।
उनले कृषकहरुले तरकारी खेति गर्दा भोग्नु परेका समस्या र आगामी दिनमा समधान कसरी गर्न सकन्छि भन्ने विषयमा गुराँस गाउँपालिकाका कृषि प्राबिधिक, पुर्ण बहादुर खड्का र भुपेन्द्र यौगीले कृषकहरुलाई जानकारी दिएर तालीमको सहजीकरण गराएको बताईन ।
गुराँस गाउँपालिका वडा नः २,४,७ का वडा अध्यक्षहरुले कृषकलाई उत्पादनमा लगाउनु पुुर्व महत्वपुर्ण तालीमहरु संचालन गर्नु पर्नेमा जोड दिदै आगामी दिनमा समेत व्यवसायिक कृषि गर्न कृषकहरुलाई आवश्यक पर्ने सिप विकास तालीम संचालन गर्न आफुहरु तयार रहेको बताएका छन ।