Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

सञ्चालनमा आयो कर्णाली सुपर मार्ट


सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक दैनिक उपभोग्य सामग्री एकैठाउँ पाइने द कर्णाली सुपर मार्ट सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–६ खोर्के लाइनमा झण्डै दुई करोडको लागतमा निर्माण गरिएको मार्ट माघे संक्रान्तिको अवसरमा आजदेखि सञ्चालनमा आएको हो ।

मार्टमा दैनिक उपभोग्य फ्रेसदेखि फोजनसम्मका सामग्री रहेको सञ्चालक तेजेन्द्र कार्कीले जानकारी दिए । कार्कीसँगै कृष्णबहादुर भण्डारीको समेत मार्टमा लगानी छ । बदलिदो समयक्रमअनुसार व्यवसायलाई उपभोक्ताको मागअनुसारका सबै सामग्री मार्टबाट उपलव्ध हुने कार्कीले जानकारी दिए ।

error: Content is protected !!