Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपामा गोलबद्ध हुनुहोस

.

दैलेख  :  नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विनोदकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपमा लाग्न देशभरका कार्यकर्तालाई अपिल गरेका छन । पार्टी कामको सिलसिलामा नेपालगञ्जबाट दैलेख जाने क्रमका रत्न राजमार्गमा दुर्घटनामा परी काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गराइरहेका नेता शाहले कुनै भ्रमका पछि नलागी राष्ट्रवादी चेतना सँधै उचो राख्ने प्रण गर्दै ओली नेतृत्वको आधिकारिक नेकपाको पक्षमा गोलबन्द हुन अपिल गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै नेकपा केन्द्रीय सदस्य शाहले सिंगो पार्टी नेकपा र सरकार दुई पार्टी एकता भएको तीन वर्ष नपुग्दै केही नेताहरूको अधैर्य, अस्थिरताबादी र पदलोलुप मानसिकताको शिकार भएको टिप्पणी गरे । यसले फेरी एकपटक एकिकृत कम्युनिष्ट पार्टीमा गम्भीर संकट देखिएको छ, आफनै पार्टीको सरकारलाई असफल र अलोकप्रिय बनाउन केही नेताहरू देशी विदेशी प्रतिक्रियावादीहरूको गोटी बने,” उनले भनेका छन्, “यो चलखेल नेपाली जनताको राष्ट्रवादी चेतना र देशभक्तिपूर्ण आन्दोलन कमजोर बनाउने षडयन्त्रको पटाक्षेप हो, इतिहासले यसका मतियारहरूलाइ धिकार्नेछ ।”

यही पुस २० गते पार्टीको पूर्व निर्धारित कार्यक्रममा सहभागी हुन काठमाडौंदेखि दैलेख जाने क्रममा पार्टी केन्द्रीय सदस्य एवं जिविस दैलेखका पूर्व उपसभापति सूर्यबहादुर शाही, जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख लक्ष्मी शाह र नेकपा जिल्ला कमिटी सदस्य पदम माझी रत्न राजमार्गको बबई नजिक जीप दुर्घटनामा परी घाइते भएका थिए । गम्भीर घाइते उनलाई दुर्घटनाको भोलिपल्ट हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । हाल ग्रान्डी अस्पतालमा उनको उपचार भइरहेको छ । दैलेख २ बाट निर्वाचित पूर्वसांसदसमेत रहेका नेता शाहले नेकपामा देखिएको असहज परिस्थितिले पार्टीका आम कार्यकर्ता र शुभचिन्तकलाई दुःखित बनाएको बताए ।फोटो नेपाली रैवार