Loading... आजः सोमवार, असार ७, २०७८
Trending

सन्दीप लामिछानेले विकेट लिएपनि हुरिकेन्सको लगातार हार


एजेन्सी  :  अस्ट्रेलियामा जारी बिग बास लिग( बीबीएल) क्रिकेटमा सन्दीप लामिछानेले लगातार खेलमा विकेट लिएपनि उनको टोली होबर्ट हुरिकेन्सले लगातार हार ब्यहोरेको छ। हुरिकेन्सले बिहीबार सम्पन्न खेलमा सिड्नी थण्डरसँग ३९ रनको हार ब्यहोर्‍यो।

पहिला ब्याटिङ गरेको थण्डरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६७ रन जोडेको थियो। सन्दीपले चार ओभरमा एक विकेट लिएर २३ रन मात्र खर्चिए। उनले विपक्षी टोलीका कप्तान क्यालम फर्गुसनलाई व्यक्तिगत एक रनमा आउट गरेका थिए।

हुरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रन जोड्यो। १४ ओभर २ बलमा चार विकेट गुमाएर एक सय ६ रन जोडेको हुरिकेन्स त्यसपछि लगातार विकेट गुमाएर दबाबमा आएको थियो। उसले थप रनमा बाँकी विकेट गुमाएको हो।

टोलीले ९८ रन जोड्दा चौथो विकेटका रुपमा कप्तान पिटर ह्याण्ड्सकम्बलाई आउट गरेसँगै हुरिकेन्स लगातार दबाबमा आएको थियो। उनलाई तनविर सान्घाले आउट गरे। त्यसपछि सान्घाले भरपर्दा ब्याट्सम्यान कोलिन इन्ग्रामलाई पनि आउट गरेका थिए।

यो सिजन सन्दीपले हुरिकेन्सका लागि पहिलो खेल जितेपनि त्यसपछिका लगातार दुई खेल हारेका छन्। पहिलो खेलमा दुई विकेट लिएका उनले अघिल्लो खेलमा पनि एक विकेट हात पारेका थिए।

error: Content is protected !!