Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

..

काठमाडौं :  पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप ६ हजार ७ सय ६ पिसिआर परीक्षण गर्दा चार सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ६९ हजार दुई सय ९२ जनाको पिसिआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६३ हजार ६ सय ५ जना छन्। जसमध्ये सक्रिय संक्रमित पाँच हजार ५८ छन्। बितेको २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ३ जना पुगेको छ पछिल्लोपटक चार सय ८३ संक्रमणमुक्त भएका छन्।

हालसम्म २ लाख ५६ हजार ६ सय ४४ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९७ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या तीन सय ४२ छ। त्यस्तै, काठमाडौं उपत्यकाका दुई सय ५१ जना रहेका छन्। जसमा महिला एक सय ११ छन र पुरुष एक सय ४० जना छन्।

error: Content is protected !!