Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

देशभर थपीए ४०९ जना सङ्क्रमीत

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ४०९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा छ हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६३ ह्जार १९३ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार १३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा ४९५ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५६ हजार १६१ जना सङ्क्रमित निको भएका छन् ।मन्त्रालयले हालसम्म १९ लाख ६४ हजार १६० जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८९९ पुगेको छ । हाल ३४२ जना क्वारेन्टिनमा र पाँच हजार १३३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।