Loading... आजः आइतवार, साउन ३, २०८३
Trending

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्रीद्वारा राजीनामा

कैलाली  :  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले पदबाट राजीनामा दिएका छन्। मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरका हुन्।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको पनि उनले बताए। उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन्।