Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

मन्त्री पद जोगाउँन दुवै मन्त्री प्रचण्ड–माधव समूहमा

दैलेख  :  कर्णाली प्रदेश सरकार गठन गर्दा केपी ओलीको टिम बाट सामाजिक विकास मन्त्री बनेका दल रावल र उद्योग तथा बन बातावरण मन्त्री नन्दसिह बुढा प्रचण्ड नेपाल समुहमा लागेका छ ।
नेकपा विभाजनपछि केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै आएका कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र दल रावलले आफ्नो पद जोगाउन ओली समूह त्यागेका छन् ।

स्रोतका अनुसार ओली समूहबाट मन्त्री पदमा बसेका उनलाई कर्णाली सरकारले बरर्खास्त गर्ने तयारी गरेपछि आफ्नो पद जोगाउन मन्त्री बुढा ओली समूह त्यागेर प्रचण्ड–माधव समूहमा लागेका हुन् । कर्णाली सरकारमा प्रचण्ड–माधव समूह बहुमतमा छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मन्त्री बुढाले आफु प्रचण्ड–माधव समूहमा प्रवेश गरेको जानकारी दिएका छन् । डोल्पावासीको माया र कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न आफु प्रचण्ड–माधव समूहमा प्रवेश गर्न बाध्य भएको उनले विज्ञप्तीमा जनाएका छन् ।
तर मन्त्री पद जोगाउन बुढाले ओली समूह त्यागेको आरोप छ । साथै केही दिनअघि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले पनि आफ्नो पद जोगाउन ओली समूह त्यागेका थिए । अब कर्णाली सरकारमा पनि प्रचण्ड–माधव समूह बहुमतमा पुगेको छ । नेकपा विभाजनपछि मन्त्री तथा नेताहरु पदको लागि एकपछि अर्को समूहमा प्रवेश गर्दा नागरिकमा नेता पदका लागि मात्रै हुन् भन्ने धारणा विकास भएको छ ।

error: Content is protected !!