Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

छ हजार परीक्षणमा पाँच सय ३४ सङ्क्रमित थपिए

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका पाँच सय ३४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ६० हजार ५९३ पुगेको छ । हालसम्म १९ लाख ३२ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल छ हजार तीनसय ७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा चारसय ४७ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५२ हजार ३५९ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.८४ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८५६ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार तीनसय ७८ जना आइसोलेशनमा र तीन सय ६२ जना क्वारेन्टिनमा छन् ।