Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

कृषकलाई कुखुराका चल्ला वितरण

दैलेख : कोरोना भाइरसको महामारी कारण रोजगारी गुमाएर स्वदेश फर्किएर घरमै बसेका युवा र विपन्न र एकल महिलालाई कुखुराका चल्ला वितरण गरिएको छ ।संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रम मार्फत गुराँस गाउँपालिका वडा नः ४ र ७ मा गठन गरिएका पशुपालन समुहका ७३ जनालाई कुखुरा वितरण गरिएको हो
गुराँस गाउँपालिकाको पुश शाखा बाट कुखुरा पाउँने कृषकहरुलाई तालीम र खोर व्यवस्थापनका लागि आवश्यक सहयोग गरेपछि कुखुरा वितरण गरिएको गुराँस गाउँपालिकाका पशु शाखाका प्रमुख प्रर्वलाल शर्मा जानकारी दिएका छन । महिला शसक्तिकरण मञ्च नेपाल दैलेखका अध्यक्ष सुनिता चन्दले कोभिड १९ का कारण रोजगारी गुमाएका ,एकल महिला ,अपाङ्ग,घरेलु हिंसाबाट प्रभावित महिलाहरुको आयस्तर वृद्धि गराई सहज जिवन विताउनका लागि र व्यावसयिक बनाउने उदेश्यका लागि कुखुरा वितरण गरिएको बताईन । उनले कुखुरा संगै दाना समेत वितरण गरेको बताईन ।
सियोकोट चिसापानी समुहका अध्यक्ष विरेन्द्र शाहीले कृषकहरुलाई व्यवसायिक रुपमा कुखुरा व्यवसाय संचालन गर्न तालीम दिए संगै कृषकहरुमा उत्साह थपिएको बताए । उनले सस्थाले दिएको कुखुरा मात्र नभएर अव व्यवसायिक रुपमा कुखरा पालन गर्ने बताए ।
कुखुरा वितरण गर्ने कार्यक्रम गुराँस गाउपालिका वडा न ७ अध्यक्ष हुकुम बहादुर खत्री र ४ को अध्यक्ष श्री खडक बहादुर शाहीले महिला सशक्तिकरण मंच नेपालले ४ वटा वडामा कृषि सहकारी , पशुपालनमा समुदायका ४०८ जनाले थप आयआर्जन सहयोग भएकाले सहयोगी सस्था र साझेदार संस्थालाई आगामी दिनमा थप सहयोग गर्न आग्रह गरेका छन ।

error: Content is protected !!