Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

पछिल्लो २४ घन्टामा थपिए ५ सय ११ संक्रमित


काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ। हाल देशभर ६ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा छन्। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ।