Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

६५९ संक्रमित थपिदा ७१८ जना डिस्चार्ज


काठमाडौं  :  नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म १९ लाख १५ हजार २३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ५७८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल छ हजार ४२७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा सात सय १८ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५० हजार ५८१ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६।८१ प्रतिशत रहेको छ ।

पछिल्लो चौबीस घण्टामा सातजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८३२ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार ४२७ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।