Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

नेकपाको केन्द्रिय सदस्यमा दैलेखका पाँच नेता मनोनित


दैलेख  : नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्यमा दैलेखका पाँच जना मनोनित भएका छन । प्रधानमन्त्रीले ११९९ जनाको केन्द्रिय समिति निर्माण गर्दा दैलेखका पाँच जना नेता केन्द्रिय सदस्यमा मनोनित भएका छन । लामो सयम राजनैतिक क्षेत्रमा लागेका निर्वतमान प्रतिनिधि सभा सांसद रबन्द्रि शर्मा, पुर्व जल स्रोत साहयक मन्त्री भएका बिनोद कुमार शाह,निर्वाचन क्षेत्र नः १ को प्रदेश सभा क बाट निर्वाचित सांसद धर्मराज रेग्मी,प्रदेश सभा सांसद महिला नेत्रि मिनासिह रखाल , पुर्ब जिल्ला विकास समितिका उपसभापति रहेका नेता सुर्य बहादुर शाही मनोनित भएका हुन ।
प्रधाानमन्त्री केपी शर्मा ओलीले आफूले ११९९ जनाको केन्द्रीय कमिटी बैठक बनाएको दाबी गरेका छन्। उनले पुरानो केन्द्रीय कमिटी ४४७ जनाको भएको र त्यसमा ५५६ जना नयाँ सदस्य थपेको जानकारी आफूपक्षीय भेलामा बालुवाटारमा मंगलबार बिहान दिएका थिए।उनले थप १९६ जना केन्द्रीय सदस्यहरुको नाम थप्न बाँकी रहेको पनि उल्लेख गरे। प्रधानमन्त्री केपी ओलीले आफूले बनाएको केन्द्रीय कमिटीको सूची पनि निर्वाचन आयोगमा बुझाएका छन्।