प्रधानमन्त्री ओलीमाथि अनुशासनको कारबाही गर्ने
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधरको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने विषय पनि कार्यसूचीमा पारेको छ। बैठकले स्थायी समितिको पुस ५ गतेको निर्णयलाई अनुमोदन गर्ने र रिक्त रहेको अध्यक्ष पदमा पदपूर्ति गर्ने पनि कार्यसूचीमा उल्लेख छ।
स्थायी समिति सदस्यमा कृष्णबहादुर महरालाई अनुमोदन गर्ने र संसद विघटनको विरोधका कार्यक्रमहरु तय गर्ने पनि केन्द्रीय कमिटीको कार्यसूचीमा उल्लेख छ। बैठकमा बोल्दै नेकपा नेता माधवकुमार नेपालले अब एमाले ब्युँतिन नसक्ने र चुनाव चिह्नमा आफ्नो पनि हक रहने बताएका थिए।