Loading... आजः सोमवार, असार ७, २०७८
Trending

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय

काठमाडाैं : भर्खरै सकिएको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। भर्खरै सकिएको धुमबाराहीमा बसेको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालक्षीय बैठकले अध्यक्षसमेत रहेका ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो। अनुशासनको कारबाही कस्तो हुने र के हुने भन्नेबारे भने खुलाइएको छैन।

यता आज प्रधानमन्त्री ओली सुरक्षा निकायका प्रमुखसँगको बैठकमा छन्। उनले उक्त बैठकमा सुरक्षा निकायका प्रमुखलाई देशको पछिल्लो राजनीतिक अवस्था र त्यसले निम्त्याउने परिस्थितिको सामना गर्न निर्देशन दिएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आज संसद विघटन गरेपछि उनीविरुद्ध एक हुन आजै नेकपा मुख्यालयमा स्थायी कमिटी बसेको थियो। त्यस्तै केन्द्रीय कमिटी बैठक पर्सि ७ गते बोलाइएको छ। उक्त बैठकमा यो प्रस्ताव लगिने एक स्थायी कमिटी सदस्यले जनाए।

स्थायी कमिटी बैठकमा ओलीपक्षीय नेताहरु भने उपस्थित भएका थिएनन्। आजै ७ जना मन्त्रीले पत्रकार सम्मलेन गरेर सामूहिक राजीनामा दिएका छन्।

error: Content is protected !!