Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

दुर्गमका किसान पहिले किन्थे अहिले बेच्छन्

..


दैलेख  :  पुर्खो देखी परम्परागत कृषि गर्दै आइरहेको गुराँस गाउँपालिका वडा नः ४ का किसान व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् । परम्परागत रूपमा खेती गर्दै आइरहेका कृषक व्यावसायिक रूपमा तरकारी खेती बाट मनग्य आम्दानी हुन थालेपछि व्यावसायिक तरकारी खेती तर्फ आकर्षित भएका छन् । कम समय र थोरै लगानी बाट राम्रो आम्दानी गर्न सकिने भएपछि किसानहरू परम्परागत खेती छोडेर व्यावसायिक तरकारी खेती तर्फ लागेका हुन ।
गुराँस गाउँपालिका वडा नः ४ का गौरा विकका पाँच तीन छोरा दुई छोरी छन् । छोरा छोरीको लालन पालन गर्नका लागि वर्षमा दुई पटक काला पहाड जाने गर्थे । छोरा छोरीले विवाह गरेर आफ्नो घर लागे पनि काला पहाड जान नछुटेको उनलाई कोरोना महामारीले घरमै बस्न बाध्य बनायो । सधैँ अरू बाट किनेर आलु खाने नले यो वर्ष एक क्विन्टल आलु लगाए । उनले भने पैले अरू बाट किनेर खान्थ्यौँ अहिले तरकारी बेच्ने गरेका छौ । उनले भने कोरोना महामारीले रोजगारी खोसेपछि घर फर्कियौ आफू सँग बिउ किन्ने पैसा समेत थिएन । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमी रिकोभरी कार्यक्रम मार्फत एक क्विन्टल आलुको बिउ,मुला, भाजी र काउली,बन्दाको बिउ पाए सँगै किने खाने हामी तरकारी बेच्न भएका छौ ।
घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेको छ । उनले भने घरमै तरकारीका मन्डीवाला आएर ६० रुपियाँ किलोको दिएका छन् दुई क्विन्टल बिक्री वितरण भइसक्यो अव तीन क्विन्टल होला त्यति बेच पछि यो वर्ष काला पहाड गएर कमाउने पैसा घरमै कमाउने भयौँ ।
उनी मात्र होइन गुराँस गाउँपालिका वडा न ४ का ज्ञान बहादुर शाही पनि रोजगारीका लागि काला पहाड जाने गर्थे । वर्षमा दुई पटक रोजगारीका लागि जाने र खेती लगाउने र स्याहार्ने बेलामा घर पुग्ने उहाँ कोरोना महामारीले घरमै रोकिए पछि आम्दानी गर्ने बाटो बन्द भएको थियो । सामान्य आफूलाई खानलाई आलु र अन्य तरकारी लगाउने उहाँले व्यवसायीक रूपमा तरकारी खेती गरे सँगै राम्रो आम्दानी गर्न थालेका छन । उनले भने कोरोना महामारीले व्यावसायिक तरकारी खेती गर्न प्रेरित ग¥यो । अहिले गुह लगाउने बारीमा आलु लगाएको छु अझै आलुको मूल्य नपाएका कारण कोरेको छैन कोरेभने सात क्विन्टल जति हुन्छ बन्दा,काउली मुला त्यस्तै उत्पादन हुदैछ । अव काला पहाड जानु पर्दैन ।


गुराँस गाउँपालिका वडा न ४ बराहका भीम बहादुर विकको कोरोना महामारीका कारण रोजगारी गुमेपछि आफूहरू समस्यामा परेको बताए । उनले चैत महिना देखी केही काम पाएका छैनौ बालबालिका र आफूलाई बिहान बेलुका छार्क टार्न मुस्किल हुने अवस्था आएको थियो अहिले तरकारी बेचेर राम्रो आम्दानी गरेका छौ । गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले उर्वर खेतबारी बाझै राख्ने र आयातित आलु किनेर खाने गरेका त्यहाँका किसानलाई व्यावसायिक रूपमा आलु खेती तर्फ आकर्षण गर्ने र उनीहरूको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले आलुको बिउँ सहयोग गरे सँगै त्यहाँका किसानलाई व्यावसायिक रूपमा तरकारी खेती गर्न उत्प्रेरणा जगाइएको बताए । उनले अव प्रत्येक किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्ने र आयातित हुने आलु रोक्ने लक्ष्य राखेको छौ । त्यसका लागि गाउँपालिका बाट कृषि प्राविधिकको व्यवस्था गरेका छौ । महिला सशक्तीकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले कार्यक्रम मार्फत एक सय जना कृषकलाई आलुको बिउ वितरण गरेको बताइन ।