Loading... आजः सोमवार, माघ ५, २०७७
Trending

दैलेखमा कोरोनाबाट थप एकजनाको मृत्यु

दैलेख : दैलेखमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार गुराँस गाउँपालिका–५ बस्ने ८७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

\योसँगै दैलेखमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगर्त स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

श्वास फेर्न कठिनाइ भएपछि उनलाई मंसिर १५ गते प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ आइसीयुमा भर्ना गरिएको थियो । सोहि दिन एक्सपर्ट विधिबाट पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । भर्ना हुने समयमै ती पुरुषमा अक्सिजन स्याचुरेसन ८५ प्रतिशत मात्रै रहेको महाशाखाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

रगतमा चिनीको मात्रा समेत उच्च देखिएपछि बुधबार रातीदेखि इन्सुनिलबाट उपचार गरिएको थियो । विज्ञप्तिमा उल्लेख भएअनुसार ती पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । उनी कर्णालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएका २१ औँ मृतक हुन् ।

error: Content is protected !!