Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार कैलालीको जमुनी-२ का ६७ वर्षीय पुरुष र कञ्चनपुरको बेलौरी-९ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कैलालीका ६७ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार बिहान ८:३५ बजे मृत्यु भएको हो । उनीमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि सोही दिन उनी मेडिकल कलेजमा भर्ना भएका थिए ।

यस्तै कञ्चनपुरका ४५ वर्षीय पुरुषको बुधबार राति ९:४५ बजे उपचारको क्रममा मृत्यु भएको उनले बताए । उनको सेती अस्पतालमा मंसिर १८ गते कोरोना परीक्षण गरिएकोमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई मेडिकल कलेजमा सोही दिन भर्ना गरिएको थियो । मुटुसम्बन्धी बिरामी रहेका उनको पाँच पटकसम्म डाइलायसिस गरिएको थियो ।